October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

डिजेल चोरी प्रकरणमा ट्यांकर, चालक सहचालक र आयल स्टोर्सलाई कारवाही

Advertisement

भैरहवा–नेपाल आयल निगमको पेट्रोलियम पदार्थ निगममा नुबुझाइ बिच बाटोमैं अनाधिकृत ढंगले निकालेको प्रकरणमा तीनवटा ट्याङकर, पेट्रोलपम्प, ट्याङ्कर चालक र सहचालकमाथि नेपाल आयल निगमले कारवाही गरेको छ ।

Advertisement

अमलेखगन्जबाट प्रत्येक ट्यांकरले २० हजार लिटर डिजेल लुम्बिनी प्रादेशिक कार्यालयमा अनलोडिङका लागि ल्याउने क्रममा भैरहवाको लुम्बिनीरोडस्थित सराफ आयल स्टोर्सको कम्पाउन्डमा डिजेल निकालिएको अवस्थामा फेला परेका थिए ।

उनहिरुमाथि रुपन्देहीको भलवारीस्थित लुम्बिनी प्रादेशिक कार्यालयले कारवाही गर्ने निर्णय बुधवार गरेको हो । भेइकल ज्याक लगाइ तीनवटै ट्यांकरलाई उठाएर ३० लिटर डिजेल अनधिकृत ढंगबाट झिकेको पाइएको निगमले जनाएको छ ।

यस प्रकरणमा पौडेल यातायात प्रा.लि.को लु १ ख ६५०४, बी.एन.एस. ढुवानी सेवाको लु २ ख १५४४ र त्रिमूर्ति ट्रान्सपोर्ट प्रा.लि.को ट्यांकर नम्बर लु १ ख ६६१९ संलग्न रहेको निगमले जनाएको छ ।

निगमका अनुसार पहिलो दुई ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरीको टोलीले चालक तथा सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरेको थियो । लु १ ख ६६१९ ट्यांकर नम्बर भने सराफ आयल स्टोर्सबाट डिजेल निकाली भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

निगमलेसराफ आयल स्टोर्सलाई अनधिकृत रूपमा पेट्रोलियम पदार्थ खरिद तथा बिक्री–वितरण गरेको ठहर गर्दै १ लाख रुपैयाँ जरिवाना र छ महिनासम्म पेट्रोलियम पदार्थको आपूर्ति बन्द गर्ने निर्णय गरिएको निगमका लुम्बिनी प्रादेशिक प्रमुख शैलेन्द्र भुषालले बताए ।

उनका अनुसार, तीनवटै ट्यांकरलाई तीन महिनाका लागि प्ट्रोलिम पदार्थको ढुवानी गर्न नपाउने गरि निलम्बन गरिएको छ । निगमले उक्त घटनामा संलग्न ट्यांकरका चालक तथा सहचालकलाई निगमका कुनै पनि डिपो तथा कार्यालयमा आजीवन प्रवेश निषेध सहित निगमसँग करार सम्झौताअन्तर्गत सञ्चालनमा रहेका ट्यांकर चलाउनसमेत प्रतिबन्ध लगाइएको छ ।

भुषालले उनीहरुमाथि निगमलाई प्राप्त अधिकार अनूरुप अधिकतम कारवाही गरिएको र यस बाहेक निगमले ट्यांकरका चालक, सहचालक तथा पम्प सञ्चालकविरुद्ध आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरीसमेत दिएको बताए ।