शान्ति र सद्भावका लागि लुम्बिनीबाट अपिल


लुम्बिनी — मधेश प्रदेशका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलिदा जान थालेपछि बुद्ध जन्मस्थल लुम्बिनीमा भने मुलुकमा शान्ति स्थापनाको कामना सहित भिक्षु भिक्षुणीहरुले शुक्रबार विहान प्रार्थना गरेका छन् ।
उनीहरूले मुलुकमा शान्ति, सद्भाव, सहिष्णुता र भातृत्व कायम होस् भन्दै शान्ति पाठ गरेका हुन् । मुलुकमा फैलिएको अशान्त वातावरणको अन्त्य गरि आपसी सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल गरिएको छ ।
सुनसरीको देवानगन्जमा भएको साम्प्रदायिक झडपपछि साम्प्रदायिक तनाव तनाव हाल सप्तरी, सिरहा, धनुषा र पर्सासम्म फैलिएको छ । हालसम्म दुई जिल्लामा तीनको मृत्यु भएको छ ।
लुम्बिनी विकास कोषद्वारा शुक्रबार बिहान मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा थेरबादी र महायानी संप्रदायले परित्रान पाठ गरेका थिए ।
विगत केही दिनदेखि मुलक अशान्त भई हिंसात्मक घटना बढदै जाँदा असहज परिस्थिती बन्दै गएकाले समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम अहिले बुद्धका शिक्षा उपयोगी भएको बताइएको छ ।
यो कठिन अवस्थालाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न लुम्बिनीबाट अपिल गरिएको भिक्षु सागर धम्मले बताए ।
‘द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन्, संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिन बुद्ध शिक्षा अहिले पनि उत्तिकै सान्दभिक र अनुकरणीभएकाले लुम्बिनीबाट शान्तिको सन्देश दिएका हौं’, लुम्बिनी विकास कोष निमित्त सदस्य सचिब हिमाल उप्रेतीले भने ।








प्रतिकृया दिनुहोस्