June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

ट्राफिक व्यवस्थापनमा सुधार मेरो प्राथमिकता : फैज अहमद

Advertisement

भैरहवा–रुपन्देही–३ मा चुनावी अभियानलाई तीव्र बनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार फैज अहमद खाँनले ट्राफिक व्यवस्थापनको सुधारलाई आफ्नो प्राथमिकतामा राखेका छन् । घरदैलो तथा मतदातासँगको भेटघाटका क्रममा उनले क्षेत्रभित्र रहेका ट्राफिक लाईटहरू अत्यन्तै कमसल अवस्थाका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए ।

Advertisement

उनका अनुसार बिग्रिएका र अव्यवस्थित ट्राफिक ंकेतका कारण सवारी साधन चालक र पैदलयात्री दुवै जोखिममा परिरहेका छन् । खाँनले भने, ‘सडक विस्तारसँगै सवारी चाप बढ्दै गएको छ तर सोही अनुसार ट्राफिक पूर्वाधार सुधार हुन सकेको छैन् । यसले दुर्घटनाको सम्भावना बढाएको छ ।’ उनले दुर्घटना न्यूनीकरणका लागि आधुनिक प्रविधियुक्त ट्राफिक लाईट जडान, नियमित मर्मतसम्भार,नागरीहरुमा जनचेतना तथा ट्राफिक प्रहरीसँग समन्वय आवश्यक रहेको धारणा राखे ।

उनले विशेषगरी आँखा अस्पताल क्षेत्र, देवकोटा चोक र बुद्ध चोकमा ओभरब्रिज निर्माणको आवश्यकता रहेको बताए । ती स्थानहरूमा दैनिक अत्यधिक सवारी आवागमन हुने भएकाले पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न कठिनाइ भइरहेको उनले बताए । ओभरब्रिज निर्माण भएमा सवारी चाप व्यवस्थापनमा सहजता आउने र दुर्घटना न्यूनीकरणमा ठोस सहयोग पुग्ने उनको दाबी छ ।

खाँनले भौतिक संरचना मात्र पर्याप्त नहुने उल्लेख गर्दै जनचेतनाको अभाव पनि दुर्घटनाको प्रमुख कारण रहेको बताए । ट्राफिक नियम पालना गर्ने बानीको विकास, विद्यालय तथा समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन, र चालकहरूलाई नियमित प्रशिक्षण दिनुपर्ने उनले जोड दिए । “सडक सुरक्षामा सरकार र सरोकारवाला निकायसँगै नागरिक पनि जिम्मेवार हुनुपर्छ,” उनले भने ।

उनका अनुसार व्यवस्थित ट्राफिक प्रणाली, ओभरब्रिज निर्माण र व्यापक जनचेतना अभिवृद्धि कार्यक्रममार्फत रुपन्देही–३ लाई सुरक्षित र व्यवस्थित बनाउने आफ्नो प्रतिबद्धता रहेको बताए ।