मर्चवारमा कांग्रेस उम्मेदवार आशुतोष मिश्राको ‘साइलेन्ट क्रेज’


भैरहवा – फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार आशुतोष मिश्राको पक्षमा मतदाताको ‘साइलेन्ट क्रेज’ देखिएको छ । विकासका दृष्टिकोणले ओझेलमा परेको मर्चवार विकासकालागि नयाँ ‘रोडम्याप’ बोकेर मिश्रा गाउँ–गाउँ पुगिरहेका छन् ।
मर्चवारका कच्ची सडक, गुणस्तरहीन शिक्षा र स्वास्थ्य सेवाको अवस्थामा सुधार आउन सकेको छैन । जसले गर्दा स्थानीय बासिन्दा निराश छन् । यस पटकको निर्वाचनमा मर्चवारले नयाँ अनुहार र नयाँ आशाका रुपमा युवा नेता आशुतोष मिश्रा पाएको छ । जसले गर्दा मतदाता उत्साहित छन् । मिश्रा यतिबेला मर्चवारका खेत खलिहानदेखि चौतारीसम्म छाएका छन् । राजनीतिमा नयाँ अनुहार भए पनि उनीसँग मर्चवार बदल्ने स्पष्ट र परिपक्व योजना रहेको छ । मिश्राले मुख्य त मर्चवार विकासलागि चारवटा एजेण्डामा जोड दिएका छन् । उनको मुख्य एजेण्डा सडक पूर्वाधार रहेको छ ।
मिश्राले मर्चवारको हिलो र धुलोलाई इतिहासमा समेटनु पर्ने बताएका छन् । मर्चवारका भित्री सडकलाई मुख्य राजमार्गसँग जोड्ने र गुणस्तरीय कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा र स्वास्थ्य तर्फ मर्चवारका छोराछोरीले उच्च शिक्षाका लागि भैरहवा वा बुटवल धाउनुपर्ने बाध्यता अन्त्य गर्न प्राविधिक शिक्षालयको स्थापना र सरकारी विद्यालयको सुधार उनको प्राथमिकतामा छ ।
आकस्मिक उपचारका लागि सहर जानुपर्ने अवस्था रोक्न गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पु¥याउने उनको योजना छ । कृषि प्रधान क्षेत्र मर्चवारका किसानलाई समयमै मल र सिँचाइको ग्यारेन्टी गर्दै कृषिमा आधारित साना उद्योग स्थापना गरी स्थानीय युवालाई स्वदेशमै रोजगारी दिने उनले संकल्प गरेका छन । चुनावी अभियानलाई तीव्र बनाउँदै मिश्राले घरदैलोका क्रममा मतदातासँग एउटै कुरा दोहोर्याइरहेका
छन्, ‘म यहाँ राजनीति गर्न मात्र आएको होइन, मर्चवार विकासको जग हाल्न आएको हुँ ।’ नयाँ उम्मेदवार भएकाले उनीप्रति जनताको कौतुहलता र भरोसा दुवै बढ्दो छ ।
मिश्राको सरल शैली र स्पष्ट वक्तापनले गर्दा मर्चवारका चिया पसलदेखि सार्वजनिक स्थलसम्म उनको चर्चा चुलिएको छ । बढ्दो जनसमर्थनलाई मतपेटिका सम्म पु¥याउनु उनका लागि मुख्य चुनौती हुनेछ । मिश्राले जनलहरलाई कायम राख्न सके भने, यस पटकको निर्वाचनले मर्चवारको राजनीतिमा नयाँ मोड लिने निश्चित छ । उनी विजयी भएमा मर्चवारले वर्षौँदेखि पर्खिएको ‘विकासको जग’ साँच्चै बस्नेछ कि भन्नेमा धेरै आशावादी देखिएका छन् ।








प्रतिकृया दिनुहोस्