राष्ट्रिय सभामा लुम्बिनीबाट झाँकी, जंगली र केसी निर्वाचित


भैरहवा– राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट कांग्रेस–एमाले–जसपा गठबन्धनले जितेको छ । तीन वटा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनले जितेको हो ।
आइतबार दाङको घोराहीमा मतदान पछि मतगणना भएको थियो । साँझ मतगणना पछि आएको नतिजामा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री विजयी भएकी छन् ।
अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे जंगली र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाँक्रीले ६ हजार ३३० मतभार प्राप्त गरेकी छन् । उनको प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत मतभार पाइन् ।
अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी हुुँदा नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए । अन्य क्लस्टरमा कांग्रेसकै चन्द्रबहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भएका । नेकपाका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गरे । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख एवं अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन् ।








प्रतिकृया दिनुहोस्