June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

रूपन्देही–३ मा टिकट नपाएपछि पूर्वसांसद शाहले परित्याग गरे एमाले

Advertisement

भैरहवा– नेकपा एमालेका नेता यज्ञजित शाहले एमाले परित्याग गरेका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लड्ने तयारी गरेका उनले टिकट नपाउने पक्का भएपछि पार्टी छाडेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राजीनामा पठाएका छन् ।

Advertisement

उनी पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा तथा पूर्वसांसद हुन् । उनी रुपन्देही–३ प्रत्येक्षतर्फको आकांक्षी थिए । तर एमालेले यहाँ पूर्वसांसद बासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ । यसप्रति यज्ञजित असन्तुष्ट थिए ।

शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका छन् । शाहले ९ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए । पार्टीमा कुनै अवसर नपाएको उनले राजीनामा पत्रमा गुनासो गरेका छन् । शाह २०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन् । उनी पछिल्लो समय एमालेमा क्रियाशील थिए ।