June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

काँग्रेस सहमहामन्त्री राठौर र लुम्बिनी सभापति पुन दुई ठाउँबाट उम्मेदवार सिफारिस

Advertisement

भैरहवा– कांग्रेस बाँके–३ को क्षेत्रीय कार्यसमितिले सहमहामन्त्री किशोरसिंह राठौर र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ । जवकी सहमहामन्त्री राठौरलाई बर्दिया–२ को क्षेत्रीय कार्यसमिति र सभापति पुनलाई जिल्ला कार्यसमिति रोल्पाले यसअघि नै उम्मेदवारका लागि सिफारिस गरिसकेका थिए ।

Advertisement

कांग्रेसबाट सबैभन्दा बढी ५ जिल्लाबाट नाम सिफारिस हुनेमा महामन्त्री गगनकुमार थापा छन् । उपसभापति धनराज गुरूङलाई स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका लागि स्थानीय क्षेत्रीय समितिले सिफारिस गरेका थिए । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसमा एकभन्दा बढी क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस हुने नेताहरूको संख्या बढ्दै गएको छ ।

यस्तै पूर्वपराराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कैलालाी–५ र बर्दिया–२ तथा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलाली–४ र डोटीबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका थिए ।

बाँके–३ को क्षेत्रीय कार्यसमितिले सहहामन्त्री राठौर र प्रदेश सभापति पुनसँगै अन्य आठ जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका आकांक्षीका रूपमा सिफारिस गरेको छ ।