काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठक पुस ४ गते बस्ने

भैरहवा– पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठक सरेको छ । समितिको बैठक आज (मङ्सिर २९ गते) बस्ने भनिएको थियो । तर, उपाध्यायको निधनका कारण बैठकको मिति परिवर्तन गरिएको हो ।
अब, बैठक पुस ४ गते बस्ने छ । कांग्रेस लुम्बिनी प्रदेश कार्यालयका मुख्यसचिव मोहनराज शर्माद्वारा जारी सूचनामा बैठक ४ गते बस्ने उल्लेख गरिएको छ । बैठकमा लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र लुम्बिनी प्रदेशस्थित १२ वटै जिल्लाका पार्टी सभापति उपस्थित हुने जनाइएको छ ।







प्रतिकृया दिनुहोस्