प्रथम भैरव नकआउट फुटबल : बुद्ध युवा क्लबद्वारा अंचलपुरविरुद्ध १३ गोल


भैरहवा– सिद्धार्थनगर–१, पक्लिहवामा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’ अन्तर्गत आइतबार भएको खेलमा बुद्ध युवा क्लब ठुटिपिपल, ओमसतिया, रुपन्देही र अञ्चलपुर युवा क्लब, सिद्धार्थनगर बिच भएको खेलमा बुद्ध युवा क्लब १३–३ गोलको अन्तरले बिजयी भएको छ ।
बुद्धका खेलाडी सुरज चौधरीलेमात्रै अञ्चलपर बिरुद्ध ९ गोल गरे । भने, बुद्धका रोशन थापाले २, सुदन सोमइ १ र बिशाल सुनारले १ गोल गरे । बुद्धका चौधरीले खेल सुरु भएको ५ मिनेटपछि गोल बर्षाउँदै गएका थिए । मध्यान्तर अघिसम्म उनले हरेक गोल गरेको ३ देखि ४ मिनेट भित्रमा अर्को गोल गर्दै जान सफल भए । खेल ७० मिनेटसम्म खेलाइएको थियो ।
अञ्चलपुर टिमले मध्यान्तर पछिमात्रै ३ गोल फर्काएको थियो । मध्यान्तर पछिको ३ मिनेटमा अञ्चलपुरका सुशील रेश्मीले पहिलो गोल गरेका थिए । त्यसको ४ मिनेट पछि अञ्चलपुरका सुजन जीसीले अर्को गोल गरेका थिए । भने, मध्यान्तर पछिको २३ औं मिनेटमा अञ्चलपुरका जीसीले अर्को एक गोल थपेका थिए ।
आइतबारको खेलमा सर्वाधिक गोल गरेका बुद्धका सुरज चौधरी म्यान अफ द म्याच घोषित भइ २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरि पुरष्कृत भए । सोमबार मोन्सस्टर गाइज, सुनवल नवलपरासी र लिस्नु युवा क्लव कोटिहवा तिलोत्तमा रुपन्देही बिच प्रतिष्पर्धा हुने जानकारी आयोजक भैरव युवा क्लब पक्लिहवा सिद्धार्थनगरका किसन थापाले दिए ।
पक्लिहवा माध्यामिक बिद्यालय सिद्धार्थनगरका जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुको सहयोगार्थ सञ्चालन गरिएको यस प्रतियोगिता पक्लिहवा माध्यामिक बिद्यालयको खेल मैदानमा मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक सहित रुपन्देही र नवलपरासीका गरि आठ वटा फुटबल टिमको सहभागिता छ ।








प्रतिकृया दिनुहोस्