जापान एयरलाइन्स दुर्घटनामा चालक दलका ५ सदस्यको मृत्यु


जापानकाे राजधानी टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ।
विमानमा ३७९ यात्रु रहेका थिए। उनीहरूलाई मंगलवार नै विमानबाट बाहिर निकालिएको थियो।
जापान काेस्ट गार्डको विमानमा सवार ६ जना चालक दलका सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको हो।
पहिला नै भाग्न सफल भएका क्याप्टेन भने गम्भीर घाइते भएका छन्।
कोस्ट गार्डका प्रवक्ता योशिनोरी यानागिशिमाले यसअघि जापान एयरलाइन्सको विमान र यसको उडान एमए–७२२, बम्बार्डियर ड्यास–८ बीच ठोक्किएको पुष्टि गरेका थिए।
आपसमा ठोक्किएसँगै दुवै विमानमा आगो लागेको थियो। एनएचके फुटेजमा जापान एयरलाइन्सको विमान रनवेमा ट्याक्सी चलाउँदा त्यसको छेउबाट ठूलो विस्फोट भएको देखाइएको छ। त्यसपछि पखेटा वरपरको क्षेत्रमा आगो लागेको थियो।
विमान दुर्घटनाका कारण हानेदा विमानस्थलका सबै धावनमार्ग बन्द गरिएको यातायात मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री फुमियो किशिदाले मंगलबार घटनाको छानबिन गर्न सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिइसकेका छन्।
प्रतिकृया दिनुहोस्