September 13, 2026, Sunday
२०८३ भाद्र २९ सोमबार

भारत बन्दैछ विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको  जनसंख्या ८ अर्ब हुनेछ ।

Advertisement

जनसंख्या बृद्धि अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको  राष्ट्रसंघले जनाएको छ । सन् २०८० सम्ममा १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ । तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ । आगामी ३० वर्षमा हामीले देख्ने आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानीया मात्र हुनेछ । 

Advertisement

विश्वका सबैभन्दा विकसित अर्थतन्त्र भएका देशहरुमध्ये केहीले यसअघि नै जनसंख्यामा गिरावट देखिरहेका छन् । ति देशहरुमा जन्मदर घटिरहेको छ । 

प्रतिवेदनअनुसार सन् २०५० सम्ममा ६१ देशमा जनसंख्या कम्तीमा १ प्रतिशतले घट्नेछ । आगामी वर्षदेखि चीनको जनसंख्या घट्ने अनुमान गरिएको छ । सरकारले सन् २०१६ देखि नै एक सन्तान नीति त्यागे पनि जनसंख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन् ।