युक्रेनको लिभमा युद्धमा ज्यान गुमाउनेको सम्झनामा स्मारक


एजेन्सी- युक्रेनको लिभको पश्चिमी सहरमा युक्रेन-रसिया युद्धमा ज्यान गुमाउनेको सम्झनामा स्मारक बनेको छ। यो स्मारकलाई २७ वर्षका एक विद्यार्थीले ‘आशाका पर्खाल’ को नाम दिएका छन्।
पोल्याण्डले अनुदानमा दिएको कृतिम फूलहरू यो स्मारकमा सजाइएको छ। यो पर्खालमा पछिल्लो ३ महिनाको युद्धमा ज्यान गुमाउने सैनिक र युक्रेनी सेनाहरुको तस्बिर राखिएको छ।

यो पर्खालमा ११ वर्षकी बालिकाको तस्बिर पनि झुण्डाइएको छ। उनको मारिपोलमा रुसी सैनिकले उनकै घरमा आक्रमण गरेको समयमा मृत्यु भएको थियो।







प्रतिकृया दिनुहोस्