May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

अमेरिकाले २५ वर्षको अनुभव भएकी कुटनीतिज्ञलाई बनायो युक्रेनको राजदूत

अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुभवी कुटनीतिज्ञ ब्रिजेट ब्रिङ्कलाई युक्रेनमा अमेरिकाका लागि नयाँ राजदूतको रुपमा चयन गरेका छन् ।

Advertisement

यसअघि ह्वाइट हाउसले ब्रिङ्कले तीन वर्षदेखि खाली रहेको एउटा महत्वपूर्ण पद सम्हाल्ने घोषणा गरेको थियो ।

अमेरिकाले ब्रिङ्कको नियुक्ति यस्तो समयमा भएको बताएको छ जब उसको देशले रुसको आक्रमणको सामना गर्न युक्रेनलाई हर सम्भव सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

ब्रिङ्क हाल स्लोभाकियाका लागि अमेरिकी राजदूतका रूपमा कार्यरत छिन् र विगत २५ वर्षदेखि कुटनीतिज्ञ छन् ।

ह्वाइट हाउसले ब्रिङ्कको दशकौंको अनुभवले उनलाई युक्रेनको इतिहासको महत्वपूर्ण समयमा यो पदका लागि योग्य बनाएको बताएको छ ।