अफगानिस्तानकाे मस्जिदमा बम विस्फाेट हुँदा ३३ जनाकाे मृत्यु


उत्तरी अफगानिस्तानको कुन्दुज सहरमा रहेको सुफी मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन्।
यसैगरी ४३ जना घाइते भएका छन्। घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ।
नमाज पढ्ने बेलामा विस्फाेट भएकाे अधिकारीहरूले जनाएका छन्।
विष्फोटको पछाडि कसको हात रहेको भन्ने अझै खुल्न सकेको छैन। तर, यसको पछाडि आफूलाई इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ।
एक दिनअगाडि मात्र कुन्दुज र मजार-ए-शरीफ सहरमा पनि विस्फोट भएको थियाे।
मजार–ए–शरीफ सहरमा रहेको शिया मस्जिदमा विस्फोट भएको हाे। बिहीबार भएका यी दुवै विस्फोटमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो।
इस्लामिक स्टेटले यी विस्फोटको जिम्मेवारी लिएको थियाे।

प्रतिकृया दिनुहोस्