December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावकविहीन

कोरोना भाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन्। ‘विजनेश इन्साइडर’ ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिकाको जीवनमा दीर्घकालीन असर परेको उल्लेख छ।

Advertisement

सो प्रतिवेदनअनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावकविहीन हुनु परेको देखिएको छ। अभिभावकविहीन भएपछि बालबालिकाले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नुपरेको अधिकारीहरुले जनाएका छन्।

अभिभावक गुमाएका बालबालिकामध्ये धेरै अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ। कोरोना भाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ। कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सबैभन्दा धेरै रहेको छ।

कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। –रासस/सिन्ह्वा