March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

उत्तराखण्डमा बाढी–पहिरोमा परी ४७ जनाको मृत्यु

उत्तराखण्ड । भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी भारतको उत्तरखण्डमा ४७ जनाको मृत्यु भएको छ । कुमाऊ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । कुमाऊमा मात्रै बाढीसँग सम्बन्धित घटनामा ४२ जनाले ज्यान गुमाएका छन् ।

अविरल वर्षाले सयौँ घरहरू भत्किएका छन् । कैयौँ मानिस बाढीमा फसेका छन् । कैयौँ बेपत्ता छन् । जनजीवन अस्तव्यस्त भएको छ । अहिलेको विध्वंसले सन् २०१३ को त्रासदीको याद दिलाएको आजतकले जनाएको छ ।

नैनीतालको राज्यका बाकी भागसँगको सम्पर्क टुटेको छ । दिल्लीसँग जोड्ने रेलवे लाइनको एक भाग क्षतिग्रस्त भएको छ । हेलिकोप्टरबाट मानिसको उद्धारकार्य भइरहेको जनाइएको छ ।

Advertisement