March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। उत्तर कोरियाले पूर्वी समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका जोन्ट चिफ अफ स्टाफलाई उद्धृत गर्दै समाचार संस्था योनहापले जनाएको छ।

Advertisement

जापानका नौसैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन्। सो वस्तु ब्यालेस्टिक मिसाइल हुनसक्ने उनीहरुको भनाइ छ। ब्यालेस्टिक मिसाइलका सम्बन्धमा उत्तर कोरिया र जापानले थप विवरण दिएका छैनन्।

Advertisement

संयुक्त राष्ट्रसंघको प्रावधानअनुसार ब्यालेस्टिक मिसाइल परीक्षण प्रतिबन्धित छ। उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्नका लागि ब्यालेस्टिक मिसाइल प्रतिबन्धित गरिएको छ। तर केही दिनअघि लामो दूरीको क्रुज मिसाइल प्रक्षेपण गरेको उत्तर कोरियाले अहिले फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो।

क्रुज मिसाइलभन्दा ब्यालेस्टिक मिसाइल शक्तिशाली र घातक हुने गर्छ।