November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

गुजरातका मुख्यमन्त्री रुपाणीद्वारा राजीनामा

भारतको गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले पदबाट राजीनामा दिएका छन्।

Advertisement

राजीनामा दिएलगत्तै उनले पार्टीमा समयअनुसार दायित्व पनि परिवर्तन हुने र यो सामान्य प्रक्रिया रहेको प्रतिकृया दिएका छन्।

Advertisement

उनले गुजरातमा विधानसभा चुनाव हुनुभन्दा एक वर्षअघि नै राजीनामा दिएका हुन्।

आइतबार भाजपाको विधायक दलको बैठक बोलाइएको छ। उक्त बैठकले नयाँ मुख्यमन्त्री चयन गर्नसक्ने बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्डविया, केन्द्रीय मत्स्य तथा पशुपालन मन्त्री परुषोत्तम रुपाला, गुजरातका उपमुख्यमन्त्री नितिन पटेल र गुजरातका भाजपा अध्यक्ष सीआर पाटिल नयाँ मुख्यमन्त्रीको दौडमा छन्।