April 23, 2025, Wednesday
२०८२ बैशाख १०

सबै विदेशी सैनिकले तोकिएको समयमा अफगानिस्तान छोड्नै पर्छः तालिबान

सबै विदेशी सैनिकले आउँदो सेप्टेमबरसम्मा अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ ।
अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर (११) सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो । काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् ।

Advertisement

तालिबानका नेताले भने बिबिसीसँग तोकिएको समय सीमा भन्दा पछि बाहिरिने वा समय सीमापछि पनि अफगानिस्तानमा रहने विदेशी सैनिकहरु जोखिममा आउने चेतावनी दिएको हो ।

नेटोको विगत २० वर्षदेखि अफगानिस्तानमा जारी रहेको सैन्य अभियानमा अन्त्य हुने चरणमा छ।

केही सशस्त्र अफगान पुरुषहरुले तालिबानबाट काबुलको रक्षाका लागि अफगान सैनिकलाई सहयोग गर्ने बताउँदै आएका छन् ।

तर विदेशी सैनिकको अन्तिम समूह बाहिरिने क्रममा रहँदा अफगानिस्तानमा हिंसाका घटनाहरु बढ्दै गएका छन् । तालिबान बिद्रोहीले आफ्नो नियन्त्रणमा लिएका क्षेत्रहरु बिस्तारको क्रम निरन्तर बनाएको छ ।

विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको छ । तर यसले अफगानिस्तानको शान्ति सुरक्षालाई लिएर चासो भने बढ्दै गएको छ ।

तालिबानका प्रवक्ता शुहाइल शहीनले काबुल सैनिकलाई नियन्त्रणमा लिने आफूहरुको नीति नरहेको बताएका छन् । तर फिर्ति प्रक्रिया समाप्त भएपछि कुनै पनि विदेशी सैनिक तथा सैनिक कन्ट्रयाक्टर रहनु नहुने बिबिसीसँग बताएका छन् ।