November 8, 2024, Friday
२०८१ कार्तिक २३

अमेरिकी राष्ट्रपति बाइडेनको प्रिय कुकुर च्याम्पको मृत्यु

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले आफूहरुको प्रिय कुकुर च्याम्पको निधन भएको बताएका छन् । जर्मन शेफर्ड च्याम्प उनीहरुसँग विगत १३ वर्षदेखि साथमा थियो ।

राष्ट्रपति बाइडेनले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो परिवारले आज हाम्रो प्रिय च्याम्पियन च्याम्प गुमाएको छ । म उसलाई सम्झिरहने छु ।’

Advertisement

बाइडेनसँग ह्वाइट हाउसमा बस्ने च्याम्प दुई जर्मन शेफर्ड मध्ये एक हो । बाइडेन परिवारको अर्को कुकुरको नाम मेजर हो ।
बाइडेन उपराष्ट्रपति हुँदा पनि च्याम्प वासिङ्गटनमा बसेको थियो ।

बाइडेनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हाम्रो खुशी र गम्भीर शोकका बेला उ हामीसँगै थियो । हाम्रा रहेक अव्यक्त भावना र अनुभुतिहरुमा उ संवेदनशील थियो । हामी हाम्रो प्रियलाई माया गर्छौँ, हामी उसलाई जहिले सम्झिरहने छौँ ।’

मेजरलाई बाइडेनले सन् २०१८ मा एडप्ड गरेका हुन् । मेजर त्यो बेला तीन वर्षको थियो । च्याम्प र मेजर डोनाल्ड ट्रम्पको चार वर्षे शासनकालपछि ह्वाइटहाउसमा आउने घरपालुवा जनावर थिए । ट्रम्प कालमा भने ह्वाइट हाउसमा घरपालुवा जनावर रहेनन् ।