पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाकाे मृत्यु


पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार बिहान दुई रेल ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको छ।
माथिल्लो सिन्धको घोट्की जिल्लाको डहरकी नजिक भएको दुर्घटनामा ५० जना भन्दा धेरै घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।
रेल विभागका प्रवक्ताका अनुसार कराँचीबाट सरगोधाका लागि छुटेको मिल्लत एक्सप्रेसको रेल र रावलपिण्डीबाट कराँचीका लागि छुटेकाे सर सैयद एक्सप्रेसको रेल आसपमा ठोक्किएका हुन्।
मिल्लत एक्सप्रेसका ड तथा सर सैयद एक्सप्रेसकको इन्जिनसहित तीन डिब्बा लिकबाट बाहिर गएका हुन्। केही डिब्बा भिरबाट खसेका छन्।
डहरकी र रेती रेलवे स्टेशनको बिचमा दुर्घटना भएको हो। दुर्घटनापछि सो मार्गमा रेल सेवा बन्द गरिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
१५–२० यात्रु अझै पनि दुर्घटनास्थलमा फसेको हुन सक्ने र उद्धारको काम भइरहको स्थानीय अधिकारीले बताएका छन्।

प्रतिकृया दिनुहोस्