April 22, 2025, Tuesday
२०८२ बैशाख ९

नेपालमा के हुँदैछ हामी नियालिरहेका छौँः भारत

काठमाडौँ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएको भारतले यो विषय नेपालकै आन्तरिक मामिला रहेको उल्लेख गरेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा घटनाक्रम नियालिरहे पनि नेपालको राजनीतिक विषय आन्तरिक रुपमै समाधान गरिनु पर्ने धारणा भारतको रहेको बताएका हुन्।

Advertisement

उनले भनेका छन्, ‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएका छौँ। यी नेपालका आन्तरिक मामिला हुन् र उनीहरुले आन्तरिक प्रक्रियाबाटै त्यहिँको खाकामा रहेर समाधान गर्नु पर्छ भन्ने हाम्रो धारणा हो।’

छिमेकी तथा मित्र राष्ट्र भएकाले नेपाल र नेपालको प्रगति तर्फको मार्गमा जहिले भारतको सहयोग र साथ भने रहने उनले बताएका छन्।

नेपालमा शान्ति, स्थायित्व र विकास होस् भन्ने चाहना भारतको रहेको उनले उल्लेख गरेका छन्।