चन्द्रमाको परिक्रमाका लागि मानवयुक्त यानको ५० वर्षपछि सफल परीक्षण


नासाले आर्टिमिस सेकेन्ड मिसनको सफलता पूर्वक प्रक्षेपण गरेको छ। जुन ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको वरिपरि गरिने पहिलो मानवयुक्त यात्रा हो। अहिले अन्तरिक्षयान पृथ्वीको कक्षामा परिक्रमा गरिरहेको छ।
अन्तरिक्षयान अब अर्को २४ घण्टा पृथ्वीको कक्षामै रहनेछ, जहाँ चालक दलले विभिन्न प्राविधिक जाँचहरू गर्नेछन्। सबै कुरा ठीक भएमा त्यसपछि यसलाई चन्द्रमातर्फ प्रस्थान गर्न हरियो संकेत (ग्रिनलाइट) दिइने छ।
प्रक्षेपणपछि आयोजित पत्रकार सम्मेलनमा नासाका एक अधिकारीले चालक दल सुरक्षित अवस्थामा र निकै उत्साहित मनस्थितिमा रहेको जानकारी दिए। उडान सुरु भएको केही समयमै अन्तरिक्ष यात्री रिड वाइसम्यानले भने, ‘दृश्य अत्यन्त सुन्दर छ। हामीले अद्भुत ‘मुनराइज’ (चन्द्र उदाएको दृश्य) देखिरहेका छौं।’
प्रक्षेपण अत्यन्तै भव्य र रोमाञ्चक थियो। रकेट उड्दा त्यसको शक्तिशाली कम्पन भएको थियो। यो १० दिनको मिसनमा रहेका अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण भने गर्ने छैनन्। तर उनीहरू चन्द्रमाको वरिपरि परिक्रमा गर्दै मानव इतिहासमै सबैभन्दा टाढा पृथ्वीबाट यात्रा गर्ने योजना बनाएका छन्।








प्रतिकृया दिनुहोस्