June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

Advertisement

भारतको गोवाको उत्तरी क्षेत्र अर्पोराको एउटा नाइटक्लबमा सिलिन्डर विस्फोट हुँदा भएको आगलागीमा २३ जनाको मृत्यु भएको छ ।

Advertisement

प्रहरीका अनुसार किचनमा काम गर्दा अचानक सिलिन्डर विस्फोट भएपछि आगलागी भएको थियो ।

समाचार एजेन्सी पीटीआईको अनुसार गोवा डीजीपी आलोक कुमारले राति १२ः०४ बजे खबर आएपछि प्रहरी, फायर ब्रिगेड र एम्बुलेन्स तुरुन्तै घटनास्थलमा पुगेको बताए । उनले सबै शव बरामद गरिएको जानकारी दिएका छन् ।

आगो क्लबको भुइँ तलाको किचन क्षेत्रमा लागेको र २३ जनाको मृत्यु पुष्टि भएको छ ।

स्थानीय बासिन्दा र कर्मचारीहरूका अनुसार, आगलागी हुँदा क्लबमा कर्मचारीबाहेक पनि केही मानिस पनि थिए । मृत्यु हुनेमा चारजना पर्यटक पनि छन् ।

२३ जनामध्ये तीनजनाको मृत्यु आगोमा जलेर भएको र बाँकीको मृत्यु धुँवामा निसास्सिएर भएको बताइएको छ । इन्डियाटुडेबाट ।