भैरहवामा हुन्डाईको नयाँ संस्करण ‘अल न्यू भेन्यु’ गाडी उपलब्ध



भैरहवा– विश्वविख्यात हुन्डाई कम्पनीको उच्च प्रविधियुक्त नयाँ संस्करणको कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यु’ गाडी भैरहवामा उपलब्ध भएको छ । भैरहवा क्षेत्रका लागि हुन्डाईको आधिकारिक विक्रेता जगत मोटर्स प्रालिले नयाँ मोडलको उक्त गाडी सोमबारदेखि औपचारिक रूपमा विक्रीका लागि बजारमा ल्याएको हो ।
सोमबार भैरहवास्थित जगत मोटर्सको बिक्री कक्षमा प्रालिका अध्यक्ष राम थापा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले संयुक्त रूपमा नयाँ मोडलको उक्त गाडी सार्वजनिक गरे ।
संघका अध्यक्ष आचार्यले नयाँ मोडलको गाडी बजारमा आएसँगै आर्थिक गतिविधि चलायमान हुने बताए । उच्च प्रविधियुक्त हुन्डाई कम्पनीका गाडी खरिद गर्न यसअघि पोखरा र काठमाडौं धाउनुपर्ने अवस्था रहेकोमा अब आफ्नै घरछेउमा उपलब्ध हुनुले भैरहवा तथा आसपासका जिल्लाका स्थानीय ग्राहकलाई सहज भएको उनले बताए ।
गाडी सार्वजनिक भएसँगै नयाँ पुस्ताको यो गाडी अब भैरहवा तथा आसपासका क्षेत्रका ग्राहकले प्रत्यक्ष अवलोकन तथा खरिद गर्न सक्नेछन् । नेपालका लागि हुन्डाई कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पश्चिम नवलपरासीको रामग्रामस्थित एसेम्ब्लिङ उद्योगबाट हुन्डाईका नयाँ गाडी तीनवटा भेरियन्टमा उत्पादन गरेको हो ।
नयाँ मोडलका यी गाडी आरामदायी, अत्याधुनिक प्रविधियुक्त तथा बहुउपयोगी कार्यक्षमतायुक्त रहेको जनाइएको छ । यसको बाहिरी बनावटमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सी–पिलर गार्निसजस्ता विशेषता रहेका छन् । यी विशेषताले गाडीको लुक्सलाई थप आधुनिक र आकर्षक बनाएको कम्पनीको दाबी छ ।
सुरक्षालाई उच्च प्राथमिकता दिँदै यसमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ९ईएससी०, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट ९भीएसएम० तथा हिल–स्टार्ट असिस्ट कन्ट्रोल ९एचएसी० जस्ता सुरक्षा सुविधाहरू उपलब्ध रहेको जनाइएको छ ।
बजारमा ल्याइएको ‘अल न्यू भेन्यु’ भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ भने एचएक्स टु भेरियन्टको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
जगत मोटर्सका प्रबन्ध निर्देशक रिश्चल थापाले विगत आठ वर्षदेखि जगत मोटर्स ग्राहकको सेवामा समर्पित रहँदै उच्च प्रविधि र गुणस्तरीय सेवालाई प्राथमिकता दिँदै आएको बताए । हुन्डाई कम्पनीद्वारा उत्पादित नयाँ भेरियन्टको गाडी ग्राहकसामु ल्याउने अवसरले थप उत्साहित बनाएको भनाइ उनको थियो ।








प्रतिकृया दिनुहोस्