September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

Advertisement

भैरहवा–रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

Advertisement

कम्पनीले आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । अर्घाखाँची सिमेन्टका सञ्चालकहरूले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कम्पनीका सञ्चालक राजेशकुमार अग्रवालले विपद्मा परेका नागरिकको उद्धार, राहत, उपचार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको जानकारी दिए ।

सहयोग रकमले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत तथा उपचारका कार्यक्रमसँगै पुनःस्थापनाका प्रयासमा समेत योगदान पुग्ने कम्पनीले जनाएको छ ।

सञ्चालक अग्रवालले आगामी दिनमा पनि प्राकृतिक प्रकोप तथा बिपद्का वेला प्रभावित पीडित परिवारको सहयोगका लागि सरकारसँगको सहकार्यमा निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकासहित अन्य प्रतिनिधिको समेत सहभागिता थियो ।