June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

पहिलो चौमासिकमा लुम्बिनी सरकारको खर्च ११.५३ प्रतिशत

Advertisement

दाङ– पहिलो चौमासिकसम्म लुम्बिनी प्रदेश सरकारले ११.५३ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८२–८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । उक्त बजेटमध्ये पहिलो चौमासिकसम्म ४ अर्ब ४८ करोड ८० लाख ८३ हजार खर्च भएको छ ।

Advertisement

चालुतर्फ १४ दशमलव २८ प्रतिशत खर्च भएको छ । चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार बजेट मध्ये कार्तिक मसान्तसम्म दुई अर्ब २० करोड ५३ लाख आठ हजार एक सय १७ रुपैयाँ खर्च भएको छ ।

यस्तै, पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार बजेटमध्ये दुई अर्ब २८ करोड २७ लाख ७४ हजार नौ सय ९३ रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ९.७३ प्रतिशत हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जम्मा सात दशमलव ८६ प्रतिशत खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयको जम्मा बजेट खर्च ३० दशमलव ४३ प्रतिशत भएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जम्मा ६ दशमलव ३० प्रतिशत खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जम्मा चार दशमलव २० प्रतिशत बजेट खर्च भएको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जम्मा ११ दशमलव ४८, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जम्मा पाँच दशमलव शून्य छ प्रतिशत बजेट खर्च भएको छ ।

वन तथा वातावरण मन्त्रालयको जम्मा नौ दशमलव ९०, भौतिक पूर्वाधार विकास मन्त्रालयको जम्मा सात दशमलव ८३ र युवा तथा खेलकुद मन्त्रालयको जम्मा चार दशमलव ७८ प्रतिशत खर्च भएको छ ।

सहकारी विकास तथा खानेपानी मन्त्रालयको जम्मा आठ दशमलव ९६ र सामाजिक विकास मन्त्रालयको जम्मा तीन दशमलव ८६ प्रतिशत बजेट खर्च भएको छ ।

यसैगरी प्रदेश सभाको जम्मा १५ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । जसमध्ये चालुतर्फ १७ दशमलव ४४ र पुँजीगततर्फ बजेट खर्च हुनसकेको छैन । प्रदेश लोक सेवा आयोगको जम्मा १६ दशमलव ८० प्रतिशत बजेट खर्च भएको छ । जसमा पुँजीगततर्फ १७ दशमलव ९२ प्रतिशत र पुँजीगत तर्फको बजेट खर्च हुन सकेको छैन ।

प्रदेश योजना आयोगको जम्मा १२ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ । स्थानीय तह निकासातर्फ चालु शीर्षक अन्तर्गत २१ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ ।