June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

सडक बोर्डद्धारा डिजिटल माध्यमबाट सडक दस्तुर अुसुली

Advertisement

भैरहवा–पारदर्शिता कायम राख्न सडक दस्तुर असुलीमा पनि डिजिटल माध्याम अपनाइएको छ । सडक बोर्ड नेपालले भैरहवा–भुमही खण्डमा यसरी सडक उपभोग दस्तुर संकलन सुरु गरेको छ । उक्त सडकखण्ड अन्तर्गत रोहिणी पुल नजिकैं निर्माण गरिएको संरचनामा सोमबारबाट दस्तुर संकलन थालिएको हो ।

Advertisement

कोरोना महामारीपछि पहिलोपटक बोर्डले कर्मचारी खटाएर भैरहवा–भुमही २८ किलोमिटर खण्डमा दस्तुर संलकन गर्न सुरु गरेको जनाएको छ । सडक बोर्ड ऐन २०५८ बमोजिम पहिलोपटक कर्मचारी खटाएर सडक उपभोग गरेवापत दस्तुर संकलन सुरु गरिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए ।

यसअघि उक्त खण्डमा असुलीकालागि संरचना तयार भएपनि रकम संकलन गरिएको थिएन । सोमबार डिजिटल माध्यामबाट दस्तुर संकलन थालिएकाले गाडीको जाम लागेको थियो । धेरै चालकले पहिलोपटक रकम बुझाउनु परेपछि कर्मचारीसित जिज्ञासा राखेका थिए । कार्यकारी निर्देशक केसीले कर दिवसको अवसरमा सोमबार मध्यान्ह डिजिटल माध्यामबाट सडक उपयोग दस्तुर भुक्तानीको सुरुवात गरेका थिए ।

एनआइसी एसिया बैंकसित साझेदारीमा दस्तुर वापतको रकम क्यूआर कोडमार्फत भुक्तानीको व्यवस्था मिलाइएको छ । पहिले ठेकेदारमार्फत यस्तो दस्तुर असुली गर्दा विवाद भएकाले यसपटक बोर्ड र आउट सोर्सिङ गरिएका कर्मचारीमार्फत संलकनको व्यवस्था मिलाइएको उनले जनाए । ‘ठेकेदारले जति रकम संकलन हुनुपथ्र्यो त्यति पैसा नउठाउँदा हामीलाईसमेत टेन्सन भयो,’उनले भने, ‘२०८१ जेठ १७ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार डिजिटल माध्यामबाट टोल टयाक्स उठाउन सुरु गरेका हौं ।’

अहिले दस्तुर संकलन गरिएको स्थान भैरहवा भन्सार बिन्दुबाट नजिक रहेको र अधिक भार नियन्त्रणकालागि याहाँबाट दस्तुर संकलन सुरुवात गरिएको उनले बताए । ‘जहाँबाट रकम संकलन हुन्छ, यो पैसा त्यही सडक मर्मतमा खर्च गरिन्छ,’उनले भने, ‘यहाँबाट असुली सुरु गर्नुकोकारण भन्सारबाट किन ओभरलोड बोकेर गाडी भित्रिन्छन भन्ने जाँच्नपनि हो ।’

ओभरलोडका कारण सडक भत्किने गरेको उनले बताए । एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा बनेको सडक भएकाले याहाँबाट दस्तुर असुल्नेबारे २०७६ सालमै राजपत्रमा सूचना प्रकाशित भइसकेको छ । जस अनुसार बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्वेपमेन्टको ३०, कार, जीप, भ्यान, पिकअप र ट्रयाक्टरको २० र तीन पाङग्रे सवारी साधनको १० रुपैयाँ दस्तुर तोकिएको छ ।