January 25, 2025, Saturday
२०८१ माघ १३

सिद्धार्थनगरले ल्यायो एक अर्ब ४ करोड २५ लाखको बजेट

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आइतबार भैरहवामा आयोजित नगर सभाको १६औं अधिवेशनमा नगर प्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजिनक गरेका हुन् । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृति, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानमा विशेष जोड दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

Advertisement

पालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४ करोड २५ लाख ५४ हजार बराबरको बजेट ल्याएको हो । उपप्रमुख अधिकारीले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानिकरण अनुदानमा १८ करोड २८ लाख, ससर्त अनुदानबाट २८ करोड १२ लाख ६७ हजार, समपुरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान १ करोड ६० लाख, राजस्व बाँडफाँड ११ करोड ८ लाख १ रुपैयाँ र प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान १ करोड ३० लाख ९२ हजार प्राप्त हुने बताइन् ।

यस्तै, सशर्त अनुदान १ करोड १० लाख ६२ हजार, समपुरक अनुदान १ करोड ५ लाख, विशेष अनुदान २० लाख, राजश्व बाँडफाड ७७ लाख ९ हजार, मालपोत कार्यालयबाट प्राप्त हुने राजश्व बाँडफाडको रकम ५ करोड ५० लाख, आन्तरिक राजस्व २४ करोड ९५ लाख, अनुमानित बैंक मौज्दात ८ करोड ७८ लाख २३ हजार ९ सय ९९ गरी नगरपालिकाले जम्मा १ अर्ब ४ करोड २५ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

नगरका हाल कार्यान्वयनका क्रममा रहेका क्रमागत तथा बहुवर्षीय योजनाहरु सम्पन्न गर्नका लागि कुल ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगरभित्र स्मार्ट स्ट्रिट लाइट जडान, वडास्तरीय योजना छनोटका लागि १० करोड ६८ लाख, ल्यणडफिल्ड साइल पूर्वाधार निर्माणमा १५ लाय विनियोजन गरिएको छ ।. नगरपालिकाको वडा नं. २ मा रहेको बहिरा बाल माविको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकार विशेष अनुदानबाट १ करोड ६० लाख विनियोजन गरेको छ ।

नगरपालिकाको प्रशासनिक भवनको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट समपुरक अनुदानबाट १ करोड ५० लाख र नगरपालिकाको सहभागिता १ करोड ५० लाख गरी कुल जम्मा ३ करोड विनियोजन गरिएको छ । त्यसैगरी वडा नं ११ मा छाडा चौपाया व्यवस्थापनका लागि कान्जि हाउस निर्माण, शवदाह स्टल निर्माण र पार्क निर्माणका लागि प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड ५ लाख र नगरपालिकाको सहभागिता १ करोड ५ लाख गरी कुल जम्मा २ करोड १० लाख विनियोजन गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

नगरपालिका भित्र जीर्ण भएका सडकहरुको मर्मतसम्भारका लागि सडक बोर्ड नेपालबाट संचालन हुने मर्मतसम्भार कार्यक्रमका लागि नगरपालिकाको सहभागिता ५० लाख हुने व्यवस्था गरिएको छ । यसै कार्यक्रम अन्तर्गत सडक ग्राभेल तथा बेसकोर्स निर्माणका लागि १५ लाख विनियोजन गरिएको छ । साथै मर्मत सम्भार कोषवाट विभिन्न पूर्वाधार मर्मतका लागि १५ लाख विनियोजन गरिएको छ । वडास्तरीय योजनाको लागि रू.१० करोड ६८ लाख ५० हजार विनियोजन गरिएको छ ।

वडा नं. १ का लागि रू. ८९ लाख ५० हजार, वडा नं. २ का लागि रु. ७६ लाख ५० हजार, वडा नं. ३ का लागि रू. ९० लाख ५० हजार, वडा नं. ४ का लागि रू. ८४ लाख ५० हजार, वडा नं. ५ का लागि रू. ६३ लाख, वडा नं. ६ का लागि रू. ९५ लाख, वडा नं ७ का लागि रू. ७५ लाख, वडा नं. ८ का लागि रु ९७ लाख, वडा नं. ९ का लागि रु. ९६ लाख ५० हजार, वडा नं. १० का लागि रू. ७८ लाख, वडा नं. ११ का लागि रू. ७२ लाख, वडा नं १२ का लागि रू. ७६ लाख र बडा नं १३ का लागि रू. ७५ लाख विनियोजन गरिएको छ । सो रकम वडाका अत्यावश्यक पूर्वाधारहरु, आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन तथा सुशासन र संस्थागत विकासमा खर्च हुनेछ ।

नगरपालिकाको विभिन्न सडकहरूमा सडक वत्ती व्यवस्थापनका गर्न आवश्यक विद्युत सामग्री खरीद का लागि रू. ५० लाख विनियोजन गरिएको छ । विभिन्न स्थानमा फायर हाइड्रेन्ट जडान तथा निर्माण कार्यका लागि रु. ८ लाख, नगरपालिका भित्र स्मार्ट स्ट्रिट लाइट जडानका लागि रु ४२ लाख रकम विनियोजन गरिएको छ । इ–लाइब्रेइरी स्थापना गर्न आवश्यक सामग्री खरिद कार्यका लागि रु ३ लाख ५० हजार, नगरस्तरीय अन्तर्गत विभिन्न ठाउँमा नाला स्ल्याब मर्मत तथा निर्माणका लागि रु १२ लाख, ग्रावेल तथा वेसकोर्स निर्माण कार्यको लागि रु १५ लाख, लुम्बिनी सडकको आवश्यक ठाउँमा सार्वजनिक शौचालय निर्माणको लागि रु १८ लाख विनियोजन गरिएको छ ।

ल्याण्डफिल्ड साईट व्यवस्थापन पूर्वाधार निर्माणका लागि रु १५ लाख, क्लीन ग्रीन इको फ्रेन्ड्ली कार्यक्रम (मागमा आधारित फलफूल वितरण कार्यक्रम ५० प्रतिशत अनुदान) का लागि रु १५ लाख, वडा न. ३ स्थित वसपार्कमा भौतिक पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नती कार्यका लागि रु २० लाख विनियोजन गरिएको छ । मेयर आवास कार्यक्रमका लागि रु ६३ लाख विनियोजन गरिएको छ । सामुदायिक विद्यालयहरुको न्युनतम भौतिक पूर्वाधार निर्माण गर्ने आधार वर्षको रुपमा आ.व. २०८१–८२ लाई लिईएको छ, जसको लागि विद्यालयमा भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि आन्तरिक स्रोतबाट रु १ करोड २६ लाख विनियोजन गरिएको छ ।

बेलहिया स्थित पार्किङ स्थलमा रहेको भवन मर्मत तथा निर्माण कार्य वडा न. १ का लागि रु ८ लाख, अन्नपूर्ण पथको सडक तथा सिर्जना स्कुल जाने सडक पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्य, वडा नं १ मा रु १५ लाख, नौडीहवा मस्जिद पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्य, वडा नं १ मा रु १५ लाख विनियोजन गरिएको छ । मेउडिहवा आधारभूत विद्यालयदेखि फूलपुर जाने सडकसम्म नाला तथा सडक निर्माण वडा न. २ का लागि रु ४० लाख, दहरचण्डी पथमा नाला तया सडक निर्माण तथा स्तरोन्नती कार्य, वडा न. २ का लागि रु १२ लाख विनियोजन गरिएको छ ।

वडा न. ३ स्थित खेल मैदान जाने सडक निर्माण कार्यका लागि रु १५ लाख, मेडिकल कलेजको उत्तर तर्फ शुक्रपथ जोड्ने सडक निर्माण कार्य, वडा नं ३ का लागि रु १० लाख र तेक्वान्दो भवनमा एप पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्य, वडा न ३ का लागि रु ३८ लाख विनियोजन गरिएको छ । मुक्तिधाम घाटमा पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्य, वडा नं ४ का लागि रु २५ लाख, पुगताभूमि विहारको पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्य, वडा नं ४ मा रु १० लाख विनियोजन गरिएको छ ।

भैरहवा नमुना मा.वि. भवन निर्माण तथा स्तारोन्नती, वडा नं ५ का लागि रु ३० लाख, पवन मिष्ठान्नवाट दक्षिण तर्फको सडक ठेला व्यवस्थापन स्थान सडक स्तरोन्नती कार्य, वडा नं ५ का लागि रु १५ लाख विनियोजन गरिएको छ । दयापथ र सहिदपथको चोकदेखि उत्तर तर्फ सि.न.पा. ८ को सिमाना सम्म जोड्ने सडक निर्माण तथा स्तरोन्नती कार्य, वडा नं. ६ का लागि रु १२ लाख, इद्रिस पथमा परवाना को घर सम्मको बाटो निर्माण तथा स्तरोन्नती कार्य, वडा नं ६ का लागि रु १० लाख, कान्दु धर्मशाला पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यका लागि रु १० लाख विनियोजन गरिएको छ ।
सिनपा वडा नं.९ स्थित मिश्रौलियामा निर्माणाधिन ज्येष्ठ नागरिक आश्रय भवन पूर्वाधार निर्माण कार्यका लागि रु १७ लाख, बृहस्पति चक्र पथ सडक तथा नाला निर्माण तथा स्तरोन्नती कार्य, वडा नं. ९ का लागि रु १८ लाख विनियोजन गरिएको छ । भुजौलीस्थित छठ घाटमा भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्य वडा नं. ११ का लागि रु ३० लाख, पिपरहिया स्थित गाउँमा धर्मशाला भौतिक पूर्वाधार निर्माण कार्य, वडा नं. ११ मा रु २७ लाख विनियोजन गरिएको छ ।

वडा न. १२ स्थित ब्रह्मकुमारी बहुउद्देशीय ईश्वरीय विश्वविधालयमा भौतिक पूर्वाधार निर्माण कार्यका लागि रु १० लाख, वडा न. १२ स्थित नयाँ वडा कार्यालय भवन तथा स्वास्थ्य चौकी निर्माण कार्यका लागि रु ४३ लाख विनियोजन गरिएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा संचालन हुने परियोजनाको लागि दातृ निकायबाट प्राप्त हुने रकमवाट संचालित हुने योजना तथा कार्यक्रमहरु संचालनका लागि नगरपालिकाबाट लागत सहभागिता स्वरुप २ करोड विनियोजन गरिएको छ ।

बालबालिका तथा जेष्ठ नागरिक घरभेट, स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमका लागि रु २ लाख विनियोजन गरिएको छ । ६ महिनादेखि २४ महिनासम्मका बालबालिकाहरुलाई सर्वोत्तम पिठो वितरणका लागि रु ६ लाख विनियोजन गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालनका लागि रु ३ लाख विनियोजन गरिएको छ । विद्यालयमा दन्त शिविर र समुदायमा प्रजनन रुग्णता सम्बन्धि स्क्रिनिङ्ग स्वास्थ्य शिविर, मुटु तथा किड्नि रोग परीक्षण तथा सिविर, निःशुल्क आँखाको मोतिविन्दु उपचार कार्यक्रमका लागि रु १० लाख ५० हजार विनियोजन गरिएको छ ।

उपप्रमुख सुरक्षित मातृत्व प्रवद्र्धन कार्यक्रम अन्तर्गत उपमेयर सुत्केरी भेट कार्यक्रमलाई यस आर्थिक वर्षका लागि पनि निरन्तरता दिइएको छ, जसको लागि रू.१४ लाख बजेट विनियोजन गरिएको छ । पालिका भित्र सुत्केरी आमाहरुलाई पूर्ण संस्थागत सुत्केरी घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । आमा र बच्चाको शरीर जोखिम न्यूनीकरणको लागि मातृ तथा नवशिशु आकस्मिक कोषको स्थापनाका लागि रु १ लाख विनियोजन गरिएको छ । शिक्षक कल्याणकारी कोष स्थापनाका लागि रु ५ लाख विनियोजन गरिएको छ ।

आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिदका लागि ससर्त अनुदान समेत रु २० लाख विनियोजन गरिएको छ । एच.आई.भी. संक्रमितका लागि पोषण सहयोग, आयआर्जन र पैरवी कार्यक्रमका लागि रु ३ लाख विनियोजन गरिएको छ । स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका लागि रु २ लाख विनियोजन गरिएको छ । डेंगु नियन्त्रण (खोज र नस्ट गर) कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकाहरुको क्षमता अभिवृद्धि, प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ । १३ वटै वडामा पोषण क्लिनिक संचालन, स्वास्थ्य सेवा केन्द्रहरुमा स्वास्थ्य शिक्षा कर्नर स्थापना र कुपोषित बालबालिकाहरुको खोजपड्ताल कार्यक्रमका लागि आवश्यक स्रोतको व्यवस्था गरिएको छ । महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सामुदायिक स्वास्थ्य सेवा प्रति परिचालन गर्न प्रोत्साहन स्वरुप रु २ हजार चाडपर्व भत्ता उपलब्ध गराउनका लागी रु २ लाख विनियोजन गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने गरी शैक्षिक योजना निर्माणका लागि रु ३ लाख विनियोजन गरिएको छ । सामुदायिक विद्यालयका प्र.अ. तथा शिक्षकहरुलाई क्षमता विकास कार्यक्रम, निरन्तर सिकाई अभिवृद्धिमा सहजीकरण गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका प्राथमिकताका कार्यक्रमहरू कार्यान्वयन गर्न संघीय सरकार प्रदेश सरकार र दातृ निकायहरू निजी क्षेत्रसँग सहकार्य र समन्वय गरिने नगर प्रमुख खाँले बताए । ‘उपलब्ध श्रोत, साधन्, सीप पूँजी र क्षमताको उपयोग गर्न विषयगत निकायहरूसँग साझेदारी गरिने छ । नगरको एकीकृत शहरी विकास योजनाका आधारमा पूर्वाधारतर्फका कार्यक्रमहरु संचालन गरिने, नगरको दीर्घकालीन महत्व राख्ने डण्डा कोरिडोर लगायत मझौला तथा ठूला आयोजना संचालन गर्न प्रदेश सरकार र संघीय सरकार तथा स्वदेशी तथा विदेशी दातृ निकायहरूसँग सहकार्य गर्ने छौं’ खाँले भने । नीति तथा कार्यक्रम र बजेटमा सामाजिक न्याय, दीगो विकासका लक्ष्य, महिला बालबालिका तथा जेष्ठ नागरिकको विकास र उत्थान, शैक्षिक तथा धार्मिक विद्यालयको विकास, पूर्वाधार विकास लगायतलाई प्राथमिकता दिइएको छ ।