April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

लमहीमा आधादर्जन गाडी तोडफोड

लमही– दाङको लमहीमा अज्ञात समूहले आधादर्जन गाडी तोडफोड गरेको छ । लमहीका बिभिन्न स्थानमा पार्किङ्ग गरि राखिएका गाडी गएराती अज्ञात समूहले इट्टा र ढुंगा प्रहार गरि तोडफोड गरेको प्रहरीले जनाएको छ ।

Advertisement

लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिप अज्ञात समूहले तोडफोड गरि पूर्णरुपमा क्षति पुर्याएको छ ।

Advertisement

यस्तै, जैसवाल फलफूल सेन्टरका संचालक सुरेश जैसवालको डिलक्स बसमामा समेत तोडफोड गर्दा आंशिक क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले बताएको छ । ‘राति बाह्र देखि एक बजेको बीचमा गाडीहरुे तोडफोड भएको अनुमान छ, हामी कहाँ अबेर गरि बिहान मात्र सूचना आयो, तोडफोडमा संलग्नको खोजीमा जुटी सकेका छौं’, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल भने ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले कति स्थानमा रोकेर राखेका गाडीमा तोडफोड भएको छ भन्नेबारे बुझिरहेको छ । स्थानीयले अन्यस्थानमा पनि गाडी तोडफोड भएको हुनसक्ने आशंका गरेका छन् । प्रहरीले अनुसन्धानको काम अघि बढाएकाले दोषी छिट्टै पत्ता लाग्ने बताएको छ ।

अपराधिक गतिबिधि गरि समाजमा अशान्ति मच्च्याउन खोज्नेलाई कानुनी दायरामा लिएरै छोड्ने प्रहरी निरीक्षक पौडेलले बताए । निषेधाज्ञाको मौकामा बजार सुनसान रहेका बेला अज्ञात समूहले गाडी तोडफोड गर्दा व्यवसायी मर्कामा परेका छन् । लामो समयदेखि यातायात संचालन गर्नसमेत नपाउँदा व्यवसायी ठूलो घाटामा छन्, यसैमाथि रोकिएका गाडी नै तोडफोडले उनीहरु झनै चिन्तित बनेका छन् ।