August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

रूपन्देहीमा तारे होटल थपिएको थपियै

Advertisement

भैरहवा– पर्यटकीय राजधानी पोखरा भन्दा सिमावर्ती रुपन्देहीमा धेरै पाँचतारे होटल छन । ठूलो लगानीमा नयाँ होटल थपिने क्रम जारी छ । पोखरामा एउटै पाँचतारे होटल रहेका बेला रुपन्देहीमा करिब आधा दर्जन पुग्ने क्रममा छन् । चार र तीन तारे होटलको संख्या दुई दर्जन भन्दा बढीे छ । चारे र तीनतारेको सेवा पनि पाँचतारेकै बराबर छ ।

Advertisement

रुपन्देहीमा पाँचेतारे हयात प्यालेस, टाइगर प्यालेस बाइ सोल्टी, भिलासा, लुम्बिनी हेरिटेज सञ्चालनमा छन् । भैरहवा–लुम्बिनी कोरिडोरीमा गोयन्का समूहले अर्को पाँचतारे निर्माण गरिरहेका छन् । भैरहवाको बुद्धचोकमा पनि पाँच तारे होटल अन्तिम चरणमा छ । छपियामा रहेको लुम्बिनी प्यालेस रिसोर्टलाई पनि पाँचतारेमा स्तरोन्नती गर्न लागिएको छ । यस बाहेक भैरहवा र बुटवलमा ठूला होटल निर्माणको चरणमा छन् ।

रुपन्देहीमा ठूला होटलमा भइरहेको लगानी देखेर पोखराका व्यवसायी पनि प्रशंसा गर्छन् । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले रुपन्देहीमा क्यासिनो सहितका पाँचतारे होटलको संख्या धेरै रहेको बताए । ‘पोखराको तुलनामा पाँचतारेको संख्या रुपन्देहीमा धेरै छ,’ उनले भने, ‘अझै लगानी थपिने क्रममा छ ।’

भारतीय पर्यटक लक्षित गरेर रुपन्देहीमा लगानी भइरहेको बताए । भारतबाट सिधैं पोखरा आउने पर्यटकको संख्या धेरै भएको उनको भनाई छ । ‘पोखरा आउने भारतीय पर्यटकको संख्या धेरै छ,’ उनले भने, ‘रुपन्देही हुँदैं आउने पर्यटकको विश्राम स्थल रुपन्देही बन्नुपर्छ ।’

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखराको पर्यटन क्षेत्रमा ४–५ खर्बको लगानी भइरहेको बताए । रुपन्देहीमा पनि पर्यटकीय पूर्वाधारमा एक खर्ब हाराहारी लगानी पुग्न लागेको उनले बताए । उनका अनुसार पोखरामा होटलको संख्या धेरै छ । रुपन्देहीमा पनि प्रत्येक वर्ष नयाँ होटल थपिने क्रम जारी छ । ‘यस्तो दुबै गन्तव्यको पर्यटन व्यवसाय जोगाउन पर्यटकको बसाइँ लम्याउन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि पोखराका पर्यटक रुपन्देही र रुपन्देहीका पर्यटक पोखरा आउने वातावरण बनाउनुपर्छ ।’ त्यसैले अन्तरप्रदेश पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिइरहेको उनले बताए ।

रुपन्देहीमा ठूलो लगानीका होटल निर्माणसँगैं तिनको व्यवस्थापनमा अन्तर्राष्ट्रिय समूह भित्रिने क्रम जारी छ । हयात, मेरियट, होलिडे इन, क्राउन प्लाजा जस्ता अन्तर्राष्ट्रिय हस्पिटालिटी व्यवस्थापन समूह अहिले रुपन्देही भित्रिएका छन् । यस्ता समूहले रुपन्देहीका ९ भन्दा बढी होटल व्यवस्थापन गर्न लागेको पर्यटन व्यवसायी अनिलकमाुर श्रेष्ठले बताए ।

‘अन्तर्राष्ट्रिय चेनहरु धमाधम भित्रिरहेका छन्,’ उनले भने, ‘यसले रुपन्देहीका पर्यटन व्यवसायीलाई उत्साहित तुल्याएको छ ।’ पर्यटन व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरेर होटल व्यवसायमा लगानी गरेका थिए । अहिले लुम्बिनी लक्षित गरेर लगानी गरिरहेका छन् ।

गौतबुद्ध विमानस्थल अगाडि दुईवटा तारे होटल निर्माणको क्रममा छन् । भैरहवामा मौर्य, नान्स, बोधी रेडसन, एशियन बुद्ध, भैरहवा गार्डेन रिसोर्ट, ल्याण्डमार्क, निर्वाणा लगायतका चारतारे होटल संचालनमा छन् ।  यस्तै, बुटवल र यसआसपासमा पनि तारे होटल संचालनमा छन् । पर्यटक लक्षित यस्ता होटलमा क्यासिनो पनि संचालनमा छन् भने अर्बौं लगानी गरिएको छ ।