June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

एभरेष्ट बैंकका ग्राहकलाई एशियन होटलले छुट दिने

Advertisement

भैरहवा–एशियन होटल लिमिटेड (एसियन बुद्ध होटल) भैरहवाले एभरेष्ट बैंक लिमिटेडका ग्राहकलाइ विभिन्न सेवासुविधामा छुट दिने भएको छ । यसका लागि एभरेष्ट बैंक र एशियन होटल लिमिटेड बिच सम्झौता भएको छ ।

Advertisement

सम्झौता अनुसार, दशैं र तिहारबाहेक अन्य समयमा उक्त बैंकका ग्राहक र कर्मचारीलाई रेष्टुरेण्ट खाना, स्पा, बार फूड लगायतमा १५ प्रतिशत छुट प्रदान गरिनेछ । यो छुट एक वर्षसम्मको अवधिका लागि हुने जनाइएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, कार्डबाहक ग्राहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले विभिन्न सुविधामा छुट दिने छ । सम्झौता–पत्रमा एशियन बुद्ध होटलका अपरेशन म्यानेजर जे.पी. सुवेदी, एभरेष्ट बैंक लिमिटेड भैरहवा शाखा प्रबन्धक जोशन जोशीले हस्ताक्षर गरेका छन ।