June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

लुम्बिनी ईंटा व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

Advertisement

भैरहवा– लुम्बिनी ईंटा उद्योग व्यवसायी संघ, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुको पदस्थापन भएको छ । संघको १२औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार भैरहवामा आयोजित कार्यक्रममा पदस्थापन गरिएको हो । गत हप्ता सम्पन्न संघको अधिवेशनबाट सुनिलकुमार सिन्धीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो ।

Advertisement

अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा अजय अधिकारी, प्रथम उपाध्यक्षमा मीनबहादुर पुन, द्वितीय उपाध्यक्षमा दीपक पौडेल, महासचिवमा बाबुराम पाठक, सचिवमा चक्रपाणि तिवारी, कोषाध्यक्षमा बिक्रमरतन बज्राचार्य चयन भएका थिए । यस्तै, सदस्यहरूमा मुक्ति बस्याल, पियूष आसवानी, गुलाबचन्द्र गुप्ता, सुरेन्द्र बरई, पूर्ववासी गुप्ता, धनपति पौडेल, दीपक कुमार सिन्धी, सागर सिन्धी, विकार मिश्र, राजकुमार सिन्धी, सुरजमान श्रेष्ठ चयन भएका थिए । प्रमुख निर्वाचन आयुक्त शिवहरि अधिकारीले नवनिर्वाचित कार्यसमितिको पदस्थापनसँगै नयाँ समितिलाई पद हस्तान्तरण भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाल ईंटा उद्योग व्यवसायी महासंघका केन्द्रीय सचिव रमेश खनालले उद्योग क्षेत्रमा देखिएका चुनौतीहरूलाई समाधान गर्दै संघलाई थप सक्रिय, सक्षम र प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरे । उनले ईंटा उद्योगमा बजार व्यवस्थापन, कर व्यवस्था, कच्चा पदार्थ र उत्पादन लागत जस्ता विषयमा समस्या देखिएको जनाउँदै संघले यस्ता विषयमा सहयोग, समन्वय र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।

संघका नवनिर्वाचित अध्यक्ष सिन्धीले आफ्नो कार्यकालमा उद्योगको हकहित, संरक्षण, नीति सुधारका लागि पहल र संघको संगठनात्मक सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने बताए ।