May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

‘झिम परेली’मा किरण र दीपाश्री

रानी शाक्य र संगीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ । 

Advertisement

गीतमा दिनेश सुवेदीको शब्द रहेको छ । गीतको संगीत तथा एरेन्ज बाबुल गिरी स्वयंको छ । 

गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापालगायतको अभिनय छ । 

मित्र डि गुरुङको सम्पादन, सुदीप बरालको छायांकन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् ।