September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

‘झिंगेदाउ’ को ट्रेलर सार्वजनिक

नाटककार एवं साहित्यकार भीमनिधि तिवारीको कृति ‘झिंगेदाउ’मा आधारित चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । 

Advertisement

चलचित्र ‘मुनामदन’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिंगेदाउ’लाई पर्दामा उतारेका हुन् । 

नेपाली पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, विजय देउजा लगायत कलाकारहरूको मुख्य भूमिका छ । 

अभिनेत्री आँचल र केकी चलचित्रमा देउरानी–जेठानीको भूमिकामा छन् । दुई दाजुभाइ अनि जेठानी–देउरानीको घरझगडालाई सार्वजनिक ट्रेलरमा देखाइएको छ । 

प्रदीप भारद्वाजले यो चलचित्र भीमनिधि तिवारीको छोटो कथा झिंगेदाउमाथि आधारित रहेर लेखेका हुन् ।

चलचित्र यही भदौ १७ गते (सेप्टेम्बर २) मा रिलिज हुँदैछ ।