रूपन्देही–३ मा मतदाताको राम्रो समर्थन पाइरहेका छौंः रास्वपा


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.लेखजंग थापा पहिलो चरणको मतदाता भेटघाट पूरा गरेर दोस्रो चरणमा घरैदैलो गरिरहेका छन् । आफ्नो क्षेत्रको वस्तुस्थिति संकलन गरेर घैरदैलोमा पुगिरहेका थापाले सम्भव योजना र एजेण्डामात्र प्र्रस्तुत गरिरहेको जनाएका छन् । असम्भव वाचा गरेर मतदातालाई निराश नबनाउने उनले बताए ।
रास्वपा रुपन्देही–३, का चुनावी कमाण्डर नारायण भण्डारीले पहिलो चरणमा क्षेत्रमा रहेका ३६ वडामा प्रचार अभियान पूरा भइसकेको जनाए । फागुन ४ गतेबाट दोस्रो चरण अन्तर्गत औपचारिक रुपमा घरदैलो मार्फत् मतदाता समक्ष पुगिरहेको बताए । घरदैलोको बीचमा आम कार्यकर्तालाई सम्बोधन गर्र्ने गरि आमसभाको तयारी भइरहेको पनि उनले जनाए ।
‘यो गर्छम, त्यो गर्छम भनेर प्रतिवद्धता जनाउने तर, पूरा नगर्ने कुरामा हामीलाई विश्वास छैन,’ भण्डारीले भने, ‘मुलुक परिवर्तनका लागि आवश्यक र सम्भव वाचा मात्र गरिरहेका छौं ।’
यसपटक भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने नारालाई पार्टीले जोड दिइरहेको उनले बताए । यसक्रममा क्षेत्रमा आवश्यक भौतिक विकासका योजना र सुशासनका एजेण्डा प्रस्तुत गरिरहेको उनले बताए । प्रचार अभियानका क्रममा व्यापक जनसमर्थन मिलिरहेको उनले बताए । ‘वडा–वडामा गरिने कार्यक्रम र र्यालीमा व्यापक सहभागिता बढिरहेको छ,’ उनले भने, ‘जनताको रेसपोन्स राम्रो पाइरहेका छौं । यसले हामीलाई हौंस्याएको छ । खुसी छौं ।’
यसअघि निर्वाचन प्रचारका लागि रुपन्देहीमा रास्वपा सभापति रबि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह आइसकेका छन् । त्यसक्रममा जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा रोड सो गरिए पनि रविले सम्बोधन गर्दा बालेनले गरेका थिएनन् । सभापति लामिछानेले छोटो भनाई राखे पनि बरिष्ठ नेता शाहले एक शब्द बोलेका थिएनन् । कार्यकर्ताले भने नेताहरुलाई सम्बोधनका लागि अनुरोध गरेका थिए ।
कमाण्डर भण्डारीले आम जनताको माग अनुसार फागुन ९ गते भैरहवाको अञ्चलपुरमा आमसभा राखिएको जनाए । उक्त सभामा सभापति लामिछाने र बरिष्ठ नेता शाह सहभागी हुने कार्यक्रम छ । रास्वपाले उक्त सभाको तयारी गरिरहेको छ । उक्त सभामा दुबै नेताले यहाँका नागरिकको अपेक्षा सम्बोधन गर्ने र प्रतिवद्धता सार्वजनिक गर्ने जानकारी भण्डारीले दिए ।
रास्वपा उम्मेदवार लेखजंगको लक्ष्य- स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार
डा.लेखजंग थापा : जसले बोकेका छन् विकसित र समृद्ध क्षेत्रको अठोट
देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा
पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग








प्रतिकृया दिनुहोस्