बुद्ध जन्मस्थललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउँछु: खान


भैरहवा– रास्वपाबाट रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खानले बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउने बताएका छन् । लुम्बिनीलाई आध्यात्म केन्द्रित गर्न सके विश्वभरबाट पर्यटक ओइरिने भएकाले त्यहीँ अनुसार बिकास गर्ने उनले प्रतिवद्धता जनाएका हुन् ।
अहिले बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बासिन्दाबीच बेमेल रहेकाे जनाउँदै यसलाई अन्त्य गरेर लुम्बिनीलाई बुद्ध आध्यात्मको केन्द्र बनाउन भूमिका खेल्ने खानले बताए । लुम्बिनीमा विश्वभरबाट जुनसुकै जात र धर्मका मानिस पनि आउन सक्ने भएकाले यसलाई साझा गन्तव्यका रुपमा बिकास गरिने उनको प्रतिबद्धता छ । ‘नेपालमा रहेको जीवित सम्पदा लुम्बिनीको बिकास र प्रचारबाट मुलुकको आर्थिक समृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘तर, अहिले लुम्बिनी बिकास कोष परिसरभित्र केन्द्रित लुम्बिनीलाई बाहिरी क्षेत्रमा फैलाएर बिकास गर्न आवश्यक नीति तर्जूमा गर्न लागि पर्छु ।’
अहिले लुम्बिनी बिकास कोष र स्थानीय बासिन्दाबीच दूरी कायम छ । बिकास कोष परिसरभित्र मात्र केन्द्रित छ । बाहिरका बासिन्दाले बिकास कोषले आफूहरुसित समन्वय नगरेको गुनासो गर्दै आएका छन् । पछिल्लो समय बिकास कोषले लुम्बिनीमा आधारित व्यापार प्रवर्द्धनमा भूमिका नखेलेको आरोप लाग्दै आएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी बिकास कोषबीच पनि तालमेल छैन । स्थानीय पर्यटन व्यवसायीले आध्यात्मिक पर्यटन बिकासको माग गरे पनि पहल हुन सकेको छैन । व्यवसायीले लुम्बिनीमा अध्यात्मिक वातावरण कायम हुन सकेमात्र विश्वभरबाट बौद्ध धर्मावलम्बी र अन्य समुदाय आउने बताउँदै आएका छन् । उनीहरुले त्यस्तो वातावरण निर्माण गर्न माग गरिरहेका छन् ।
‘लुम्बिनी बिकास कोष र नगरपालिकासित सहकार्य गरेर बुद्ध जन्मस्थलमा आध्यात्मिक वातावरण कायम गर्न म लागि पर्नेछु,’ युवा उम्मेदवार तौफिक ले भने, ‘त्यसका लागि रुपन्देही–५ का जनताले अवसर दिनु पर्यो ।’ बिगतका अन्य नेता जस्तो कुनै जात, धर्म र स्वार्थ नहेरी क्षेत्र बिकासमा लाग्ने उनले बताए । जनताको सेवकका रुपमा जीवन समर्पण गर्न तयार रहेको उनको भनाई छ ।
सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन
पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक
राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन
महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना
रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’








प्रतिकृया दिनुहोस्